माधव नेपालसँगको भेटपछि पार्टीका शीर्ष नेताहरुसँग छलफलमा देउवा


६ बैशाख २०८१, बिहीबार
deuwa 1
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न र धारणा बनाउन बुढानिलकण्ठस्थित आफ्नै निवासमा बैठक बोलाएका हुन् । बैठकमा पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीहरू सहभागी छन् ।

सभापति देउवाको आह्वानमा आकस्मिकरुपमा बैठक बसेको एक नेताले जानकारी दिए । कांग्रेसले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीलाई समेटेर बैकल्पिक गठबन्धन बनाउने प्रयास गरेको थियो । बुधबार साँझमात्रै सभापति देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७