‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ फिल्म बनाउँदै टंक बुढाथोकी


६ बैशाख २०८१, बिहीबार
tanka

काठमाडौँ । गायक तथा संगीतकार टंक बुढाथोकीले अशोक दर्जीलाई लिएर फिल्म बनाउने भएका छन् । उनको क्यारियरको टर्निङ पोवाइन्ट मानिएको गीत ‘मन बिनाको धन ठूलो कि, धन बिनाको मन’ गीतमाथि नै फिल्म बनाउने घोषणा गरिएको छ ।

६ वर्ष अगाडि रिलिज भएको यो गीत निकै चर्चित बनेको थियो । फिल्मलाई टंक आफैले निर्देशन गर्दै छन् । यस गीतमा टंकसँगै आवाज दिएका अशोक दर्जीले फिल्ममा अभिनय गर्ने भएका छन् । यस फिल्मको निर्माण टंकसहित एनआरएन विनय अधिकारी गर्ने बताइएको छ । फिल्मको स्क्रिप्ट शिवम अधिकारीले लेखेका छन् भने फिल्मको छायांकन जेठपछि सुरु हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७