शिल्पा शेट्टी दम्पतीको ९८ करोडको सम्पत्ति जफत


६ बैशाख २०८१, बिहीबार
shilpa

मुम्बई । मनी लाउन्डरिङ रोकथाम ऐन (पीएमएलए) अन्तर्गत बलिउड अभिनेत्री शिल्पा शेट्टी दम्पतीको ९७ करोड ७९ लाख भारतीय रुपैयाँ बराबरको सम्पत्ति प्रवर्तन निदेशालय (ईडी) ले जफत गरेको छ ।

ईडीले दिएको जानकारीअनुसार जफत गरिएको सम्पत्तिमा राज कुन्द्राका चल अचल सम्पत्तिका साथै उनकी पत्नी अभिनेत्री शिल्पाको नाममा रहेको जुहूस्थित फ्ल्याट पनि छ । यसका साथै राज कुन्द्राको नाममा रहेको पुणेको फ्ल्याट र इक्विटी सेयर पनि जफतमा परेका छन् ।

जुलाई २०२१ मा मुम्बई प्रहरीले व्यवसायी राज कुन्द्रालाई अश्लील फिल्म बनाउने र एपमार्फत उपलब्ध गराएको आरोपमा पक्राउ गरेको थियो । तर पछि उनी धरौटीमा रिहा भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७