फिफा बरियतामा जर्मनी शीर्षस्थानमै, नेपालले तीन स्थान सुधार गर्यो


२५ जेष्ठ २०७५, शुक्रबार
Germany

काठमाडौं, २५ जेठ । विश्वकप फुटबल सुरु हुन ७ दिन बाकीँ हुँदा फिफाले सार्वजनिक गरेको बरियतामा जर्मनी शीर्ष स्थानमै रहेको छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहिबार जुन महिनाका लागि जारी गरेको वरियतामा जर्मनी शिर्षस्थामै रहेका हुन् ।Germany

यस्तै फिफा वरियताको शीर्ष सात भित्र कुनै परिवर्तन भएको छैन । बरियता अनुसार ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, पोर्चुगल चौथो, अर्जे्न्टिना पाँचौं स्थानमा छ ।

यसैगरी स्विट्जरल्यान्ड छैटौं र फ्रान्स सातौं स्थानमा छ । दुई स्थान उक्लेको पोल्यान्ड आठौं, चिली नवौं र दुई स्थान झरेको स्पेन दसौं स्थानमा छ ।

नेपालले तीन स्थान सुधार गर्यो
फिफा बरियतामा नेपालले नेपाल तीन स्थान सुधार गरेको छ । नेपाल तीन स्थान उक्लिन्दै नेपाल १ सय ६१ औं स्थानमा आइपुगेको छ ।

दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल तेस्रो तेस्रो स्थानमा रहेको छ । फिफा वरियताका ९७ औं स्थानमा रहेको भारत दक्षिण एसियाली राष्ट्रमध्ये शीर्ष स्थानमा छ ।

साफ च्याम्पियनसिप खेल्ने मध्ये माल्दिभ्स (फिफा वरियता १ सय ५० औं) दोस्रो स्थानमा छ । साफ च्याम्पियनसिप खेल्ने मध्ये नेपाल तेस्रो, भुटान (१८३) चौथो, बंगलादेश (१९४) पाँचौं , श्रीलंका (२००) छैटौं र पाकिस्तान (२०१) सातौं स्थानमा छ ।
साफ च्याम्पियनसिपबाट अलग्गिएको अफगानिस्तान फिफा वरियताको १ सय ४५ औं स्थानमा छ ।

याे पनि पढ्नुहाेस्
विश्व विजेता जर्मनीलाई अष्ट्रियाले हरायो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७