यूएईको बाढीमा परी एक नेपालीको मृत्यु


६ बैशाख २०८१, बिहीबार
Uae badhi

काठमाडौँ । युनाईटेड अरब इमिरेट्स (यूएई) मा आएको बाढीमा परी एक नेपाली श्रमिकको मृत्यु भएको छ । आबुधाबीस्थित नेपाली दूतावासका अनुसार भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको हो ।

यूएईको शारजाहबाट अजमान जाने बाटो रहेको पुल नजिक उनी बाढीमा परेको दूतावासले जनाएको छ । उनी सोही स्थानमा रहेको वेल क्याफे रेष्टुरेन्टुमा काम गर्ने गरेको जानकारीमा आएको दूतावासले जनाएको छ ।

यूएईमा दुई दिनदेखि परेको भारी वर्षाका कारण बाढी आइरहेको छ । बाढीका कारण यूएईका सरकारी कार्यालय बन्द रहेको दूतावासले जानकारी दिएको छ । सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले बताएको छ । पुनः भिजिट भिसामा यूएई पुगेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७