सांसद शर्माले गरे भगवान कोइरालाको बाल अस्पताललाई २० लाख सहयोग


६ बैशाख २०८१, बिहीबार
sunil

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गरेका छन् ।

शर्माले बुधबार हेपाली हाइटमा रहेको डा. भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै डा. शर्माले राज्यले गर्नुपर्ने काम डा. कोइरालाले आफैँ गर्न लागेको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताए ।

डा. कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाइएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौँमा एक सय शैंयाको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सातवटै प्रदेशमा ५० शैंयाको अस्पताल स्थापना गर्ने डा. कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७