१७ लाख रुपैंयाँले भरिएको झोला सडकमा खसेपछि…


६ बैशाख २०८१, बिहीबार
m 2

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब साढे एक बजेको समयमा ४३ वर्षीय मनोहर पवँरले पैसा राखेको झोला गुमाएका थिए ।

पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा काम गर्ने कालिगड पवँर पोखरा महानगरपालिका–९ नयाँ बजारमा रहेको कृषि विकास बैङ्कमा उक्त रकम जम्मा गर्न हिँडेका थिए । रकम राखिएको झोला मोटरसाइकलको ‘लेग गार्ड’ मा झुण्ड्याएका थिए तर झोला बाटोमै खसेपछि प्रहरीमा खबर भयो ।

तत्कालै जिल्ला प्रहरी कार्यालयबाट डिएसपी शर्माको नेतृत्वमा झोलाको खोजीमा प्रहरी खटियो । खोजतलास गर्दै जाँदा भारत घर भई हाल पोखरा महानगरपालिका–३ पालिखे चोकमा बस्ने ६५ वर्षीय छोटुलाल शर्माले झोला फेला पारेको तथ्य प्रहरीले पत्ता लगायो । पैसाको झोला फेला पारेका शर्माकै रोहबरमा माता श्री ज्वैलर्सका सञ्चालक ध्रुवकुमार सुनारलाई उक्त रकम बुझाइएको कास्की प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७