सहसचिव शर्मा, अधिकारी र खरेल सचिवमा बढुवा


६ बैशाख २०८१, बिहीबार
sachib

काठमाडौं । सरकारले लेखापरीक्षकतर्फ रिक्त सचिव पदमा वैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल लेखापरीक्षण सेवा समूहिकरणको राजपत्राङ्कित बिशिष्ठ श्रेणी (सचिव) पदमा अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरको छ । त्यस्तै बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मुख्य सचिव पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई कायममुकायम मुकरर गरि कामकाजमा खटाउने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । बैठकले प्रशासन सेवातर्फ रिक्त एक सचिवमा केदारनाथ शर्मालाई बढुवा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७