प्रचण्ड–ओलीसँगको छलफलपछि रविको प्रतिक्रिया : सत्ता गठबन्धनमा कुनै समस्या छैन


६ बैशाख २०८१, बिहीबार
rabi 1

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संघीय सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा सहभागी भएर बाहिरिने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले नेताहरुले छलफल गर्न नभ्याएको र सामान्य छलफल मात्र गरेको बताएका छन् । बिहीबार साँझ ओली झापाबाट काठमाडौं एयरपोर्ट ओर्लने बित्तिकै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका थिए । त्यसपछि रवि पनि छलफलमा मिसिएका थिए । उनले सुदूरपश्चिममा भएको विषयले संघीय सरकारमा प्रभाव नपर्ने दावी गरे ।

उनले सुदूपश्चिम सरकारका विषयमा भने, ‘केन्द्रमा भएका कारणले प्रदेश पनि भएका त हामीले देखिरहेका छौं । तर प्रदेशका कारणले केन्द्र केही हुने भन्ने छैन ।’ वैकल्पिक सरकारको प्रयास भएको विषयमा रास्वपाका सभापति समेत रहेका रविले भने, ‘त्यो विषयमा मलाई थाहा छैन । त्यस्तो केही होइन । म यहीँ थिएँ । पूर्व प्रधानमन्त्री ओलीजी आइसक्नु भएपछि हामी छलफलमा बसेको हौं । मेन केही एजेण्डमा होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७