विमानको सिटमा एक किलो बढी बेवारिसे सुन भेटिएपछि …


६ बैशाख २०८१, बिहीबार
gold 1

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानको सिटमा एक किलो भन्दा बढी बेवारिसे सुन भेटिएको छ । दिल्लीबाट आएको उडान ए–३२० को इण्डिगो एयरको सिटमा बेवारिसे अवस्थामा एक किलो ७० ग्राम सुन भेटिएको हो ।

बेवारिसे अवस्थामा भेटिएको सुन ल्याउने व्यक्तिबारे अनुसन्धान भइरहेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरी शर्माले बताएका छन् । यस घटनालाई नजिकबाट हेरिरहेका विमानस्थलका कर्मचारीका अनुसार, इण्डिगोको त्यो विमान बुधबार बिहान दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको थियो ।

‘दुबईबाट दिल्ली हुँदै काठमाडौं आएको विमानमा सुन बोक्ने भरियाले डराएर जहाजमै छाडेको आशंका गरिएको छ,’ ती कर्मचारीले भन्छन्, ‘यसअघि पनि यस्तै वस्तु भेटिँदा लामो जाँचपछि बालुवाको पोका भेटिएको थियो । यस पटक सुन भेटियो । यसअघिका घटनामा प्रायः सुन बाहिर निकाल्दा बरामद हुन्थ्यो । यस पटक जहाजमै सुन भेटियो ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७