जन्ती बस दुर्घटना हुँदा तीनको घटनास्थलमै मृत्यु, ५२ घाइतेमध्ये सातको अवस्था गम्भीर


७ बैशाख २०८१, शुक्रबार
accident sindhu

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ५२ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ ।

दोलखाको भीमेश्वर नगरपालिका–१ सुस्पाक्षमावतिबाट बेहुलासहित ५५ जना बोकेर पिस्कर हिंडेको बस शुक्रबार बिहान तौथली बुलबुलेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परेर ५२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता निरन्जन भट्टराईका अनुसार रोलवालिङ यातायातको बा ४ख ५६१६ नम्बरको बस तौथली बुलबुलेको सडकबाट करिव १०० मिटर तल खसेको छ ।

दुर्घटनामा परेर घाइते भएकाहरुलाई खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल लगिएको छ । मृत्यु हुनेमा अन्दाजी ७०, ५० र २० वर्षका पुरुष रहेको र उनीहरूको सनाखत हुन बाँकी रहेको पनि उनले बताए । दुर्घटनाको कारणबारे अध्ययन भइरहेको प्रहरी प्रवक्ता भट्टराईले जानकारी दिए । घाइते हुनेहरूको नाम खुल्न सकेको छैन । उनले बाटो निकै साँघुरो र ५० देखि ५५ जना बसमा सवार भएका कारण अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७