सिन्धुपाल्चोक बस दुर्घटना : तीनै मृतकको सनाखत, यी हुन् बेहुलासहित ५२ घाइते


७ बैशाख २०८१, शुक्रबार
acc

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा आज विहान जन्ती बोकेको बस दुर्घटनामा ज्यान गुमाउने तीन जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा दोलखा भीमेश्वर–१ का मानबहादुर थामी, शिव श्रेष्ठ र दीपेन्द्र थामी रहेको प्रहरीले जनाएको छ ।

दोलखाको भीमेश्वर–१ सुस्पाबाट सिन्धुपाल्चोक त्रिपुरासुन्दरी–४ पिस्करमा बेलुली लिन हिँडेको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी–५ स्थित तौथलीनजिकै आज विहान सात बजेको आसपासमा दुर्घटनामा परेको थियो । मृतक तीनै जनाको शव पोष्टमर्टमका लागि दोलखास्थित जिल्ला अस्पताल लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार बसमा ५५ जना सवार थिए । दुर्घटनामा घाइते ५२ जनामध्ये सात जनाको अवस्था गम्भीर छ । बस सडकबाट करिब एक सय ५० मिटर तल खोँचमा खसेको थियो । स्थानीय र प्रहरीले घाइतेलाई उद्वार गरी धुलिखेल अस्पताल र खाडीचौरको सदाबहार अस्पताल पुर्‍याएका थिए ।

दुर्घटनामा बेहुला सुशील थामी र र उनकी बेहुला आमा समेत घाइते भएकी छन् । दुर्घटनामा घाइते भएका बेहुला र उनकी आमा सामान्य उपचारपछि डिस्चार्ज भएका प्रहरीले जनाएको छ । अन्य घाइतहरुमा दोलखाको भिमेश्वर नगरपालिका १ बस्ने २१ बर्षीया स्वस्थानी तामाङ (टाउको हात खुट्टामा चोट, अबस्था मध्यम), सोही स्थानका २५ बर्षीय प्रकाश तामाङ (टाउको खुट्टामा चोट, अवस्था मध्यम), ४४ बर्षीय ज्ञान बहादुर तामाङ (टाउको र शरिरमा चोट, अवस्था मध्यम), बसका चालक ३४ बर्षको दल बहादुर तामाङ (टाउको हात खुट्टामा चोट अवस्था मध्यम) रहेका छन् ।

यस्तै, दोलखा कालिन्चोक गाउँपालिका ९ का २४ बर्षका सिंह बहादुर लामा (टाउको, ढाडमा चोट अवस्था मध्यम) रहेका छन् भने दोलखा भिमेश्वर १ बस्ने १७ बर्षका ईश्वर थामी (टाउको, हात खुट्टामा चोट अवस्था मध्यम), सुन्दारावती गाउँपालिका ९ का १९ बर्षीय लक्ष्मण थामी(टाउको हात खुट्टामा चोट अवस्था मध्यम), भिमेश्वर १ बस्ने गोपाल थामी (अनुहारमा सामान्य चोट) रहेका छन् । यस्तै, सोही स्थानका राम चन्द्र थामी, सुनिल थामी, सन्जिव थामी, श्रीराम थामी, चम्फा थामी, सुकमाया थामी, भुबन थामी, डिल्ली थामी, रोमन थामी र भिम बहादुर थामीको सामान्य उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ। उनीहरुमा सामान्य चोटपटक लागेको कारण उपचार पछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

यस्तै अन्य घाइतेहरुमा भीमेश्वर १ बस्ने सागर थामी, विवस थामी, यज्ञ बहादुर थामी विक्रम थामी, कृष्ण थामी, रन्जिला थामी, रोसिला थामी, सम्राट थामी, नारायण थामी, पुरुषोत्तम थामी, मोहन थामी, सन्त बहादुर थामी र राजेश थामी रहेका छन् ।
त्यसैगरी राजकुमार थामी, टीकाराम थामी, रमेश थामी, मुरारी थामी सामान्य घाइते भएका छन्। उनीहरुको सिन्धुपाल्चोकमै रहेको सदाबाहर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै केही सामान्य घाइतेहरु डिस्चार्ज भएर घर फर्किएका छन् । डिस्चार्ज हुनेहरुमा भीमेश्वर १ कै गणेश भुजेल, भगवान भुजेल, राजिव थामी, ईश्वर भुजेल, रञ्जित थामी, रण बहादुर थामी, कान्छा थामी, अमर बहादुर थामी, धधन बहादुर थामी रहेका छन् । त्यसैगरी भिमेश्वर नगरपालिका–३ का धुर्व कुसु, त्रिपुरासुन्दरी गाउँपालिका– २ का खेलराज थामी र त्रिपुरासुन्दरी–२ का गोकुल थामी सामान्य घाइते भएर प्राथमिक उपचार पछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७