‘पुजार सार्की’ को कौडा गीत ‘दर्शन गरें’ सार्वजनिक (भिडियो)


२०८१ बैशाख ८ शनिबार ०८:०१ बजे

काठमाडौं । फिल्म ‘पुजार सार्की’ को गीत ‘दर्शन गरें’ सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहसहित अभिनेत्री अन्जना बराईली र परीक्षा लिम्बु संगै देखिएका छन् ।

यो कौडा गीतको भिडियोमा कलाकारहरू मगर पहिरनमा सजिएर सामुहिक नृत्य गरेका छन् । शिशिर खातीले भिडिओको कोरियोग्राफी गरेका हुन् । यसमा गायक प्रकाश सपूत र गायिका शान्तिश्री परियारको स्वर छ । सुवास भुसालको संगीत रहेको गीतका शब्द हर्क साउदले लेखेका हुन् ।

फिल्म ‘पुजार सार्की’ दिनेश राउतको निर्देशनमा तयार भएको हो । विकास सुवेदीको लेखन रहेको फिल्मलाई संगीतकार सुवास भुसालले निर्माण गरेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, भरत रेग्मीको सम्पादन छ । बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।
हेर्नुस् भिडियो

https://www.youtube.com/watch?time_continue=1&v=tEu05DjLdxc&embeds_referring_euri=https%3A%2F%2Fwww.setopati.com%2F&source_ve_path=Mjg2NjY&feature=emb_logo

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७