म्याग्दीमा ट्रिपर दुर्घटना : एकको मृत्यु, तीन जना घाइते


८ बैशाख २०८१, शनिबार
tripar acciden 2

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७, चिमखोलास्थित घैराबारीमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । शनिबार बिहान ९ बजे निर्माणाधीन जलविद्युत आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कदेखि फर्कने क्रममा लु २ ख ६११२ नम्बरको ट्रिपर दुर्घटना हुँदा दाङ जिल्लाको बरैयाका ४० वर्षीय बीरबहादुर चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी भरत श्रेष्ठका अनुसार घाइते हुनेहरुमा रुपन्देही जिल्ला देविनगरका अन्दाजी ४० वर्षीय चालक कमल श्रेष्ठ, नवपरासी जिल्ला त्रिवेणी गाउँपालिका–६, का अन्दाजी २० वर्षीय सहचालक राहुलसिंह ठकुरी र रामेछापका २७ वर्षीय भुवन कार्की रहेका छन् ।

मृतक चौधरी व्यक्ति सवारी साधन र निर्माण उपकरणहरुको मर्मत गर्ने मिस्त्री काम गर्थे । मृतक चौधरीको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइँदैछ । घाइते चालक श्रेष्ठ र सहचालक ठकुरीलाई चिमखोाला स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि हेलीमार्फत पोखरास्थित मणिपाल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीको ट्रिपर तुन्दी पावर कम्पनी प्रवर्द्धक रहेको निर्माणाधीन राहुघाट मङ्गले जलविद्युत आयोजना स्थलमा सिमेन्ट ढुवानी गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो । रामेछाप शेर्पा कन्ट्रक्सन कम्पनीमा कार्यरत सव इन्जिनियर घाइते कार्कीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ट्रिपर सडकदेखि दुई सय मिटर भन्दा बढी तल खसेको छ । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । घटना स्थलमा डिएसपी श्रेष्ठको नेतृत्वमा प्रहरी टोली ,नेपाली सेना र वडा अध्यक्ष थकबहादुर पाइजा सहित स्थानीयवासीसहितको टोलीले उद्धार गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७