अहिलेको गठबन्धन सत्ता समीकरण मात्रै : प्रधानमन्त्री

‘कोशीमा गठबन्धनको मुख्यमन्त्री चुन्न प्रक्रिया थालिएको छ’


९ बैशाख २०८१, आईतवार
Prachanda 1

कैलाली । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको गठबन्धन राजनीतिक सत्ता समीकरण मात्रै भएको बताएका छन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन आएका प्रधानमन्त्री प्रचण्डले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अहिलेको गठबन्धनलाई राजनीतिक सत्ता समीकरणका रुपमा मात्र बुझ्न आग्रह गरे । ‘अहिलेको समीकरण वामपन्थीको मात्र हैन, वाम एकता भन्नु सही पनि छैन, वाम–गैरवाम सबै छन्’, प्रचण्डले भने, ‘गठबन्धनलाई सत्ता समीकरणको रूपमा लिएका छौं ।’

तत्काल वामपन्थी एकता पनि सम्भव नभएको उनले बताएका छन् । ‘राम्रो काम हुँदै गयो, छलफल हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्ने एक ठाउँमा हुने सम्भावना बढ्दै जान्छ’, प्रधानमन्त्रीले, ‘अहिले वामपन्थी एकता होइन, राजनीति सत्ता समीकरणको रूपमा मात्र हेरौं ।’ तर उनले यो समीकरण पूरै अवधि चल्ने दाबी गरे ।

‘बाहिर बजारमा विभिन्न चर्चा परिचर्चा भए पनि त्यस्तो केही छैन । पूरै अवधि जान्छ अहिलेको समीकरण’, प्रचण्डले भने । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्पराभन्दा भिन्न ढङ्गले प्रस्तुत गरिने दावी गरे । बजेटलाई वैज्ञानिक, वस्तुवादी र जनमैत्री बनाउने गरी नीति कार्यक्रमको मस्यौदा तयार भइसकेको उनको भनाइ थियो । नयाँ समीकरण अनुसार नै प्रदेश सरकार गठन भइरहेको प्रचण्डले उल्लेख गरे । अब कोशी प्रदेशमा मात्र गठबन्धनको मुख्यमन्त्री चुन्न बाँकी रहेकाले प्रक्रिया थालिएको उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७