नक्कली भुटानी शरणार्थी प्रकरण रिटको सुनुवाई आज पनि ‘हेर्दाहेर्दै’ मा


९ बैशाख २०८१, आईतवार
sarbocha

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज (आइतबार) ‘हेर्दाहेर्दै’ मा सकिएको छ । यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई हेर्दा हेर्दैमा सकिएको हो ।

आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित १०औँपटक हेर्दाहेर्दैमा परेको छ । तत्कालीन गृहसचिव टेकनारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७