प्रभु हेलिकप्टरका पाइलट शेर्पा निलम्बित, क्यान भन्छ–अस्वीकार्य काम गरे


२०८१ बैशाख ९ आइतबार १०:४७ बजे

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टर लिमिटेडका पाइलट क्याप्टेन पासाङ शेर्पालाई निलम्बन गरेको छ । प्राधिकरणले उडानका क्रममा अस्वीकार्य र अनाधिकृत ककपिट गतिविधि गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि क्याप्टेन शेर्पालाई निलम्बन गरेको जानकारी दिएको छ ।

क्याप्टेन शेर्पाले केहि महिना अघिको गोसाइँकुण्ड उडानका क्रममा यात्रुलाई ककपिटमा राखेको र निषेधित गतिविधि गरेपछि प्राधिकरणले एक्सन लिएको बुझिएको छ । क्यानले घटनाको विस्तृत अनुसन्धान गरिने जनाएको छ ।

‘पाइलटले हेलिकप्टरको स्टार्ट बटम चलाउन दिएका छन्, यो गम्भिर हर्कत हो’, प्राधिकरणका एक कर्मचारीले भने, ‘उनको लाइसेन्स नै खारेज गर्ने प्रक्रिया अघि बढेको छ ।’ प्रभुको हेलिकप्टरले जनवरी २८ मा गोसाइकुण्ड उडान गरेको थियो । सो उडानका क्रममा शेर्पाले यात्रुलाई हेलिकप्टरको स्टार्ट बटम चलाउन दिएका थिए । शेर्पा पुराना र अनुभवी पाइलटका रुपमा चिनिन्छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७