प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको बैठक, अध्यादेश ल्याउने तयारी


१० बैशाख २०८१, सोमबार
cabinet 1

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (सोमबार) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । आज बिहान १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले समसामयिक र नियमित काम कारबाहीको विषयमा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकमा लगानीमैत्री वातावरण बनाउन केही ऐनहरु संशोधनको लागि अध्यादेश समेत ल्याउने सम्भावना छ ।
सरकारले वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ ।

‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवर्द्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, प्रधानमन्त्री प्रचण्डले धनगढीमा आइतबार भनेका थिए, ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ ।’ संसद सूचारु नभएको समयमा अध्यादेश ल्याउन सकिने व्यवस्था छ । सरकारले वैशाख २ गते रातिबाट लागू हुने गरी संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७