गाईलाई २० हजार सुत्केरी भत्ता


२५ जेष्ठ २०७५, शुक्रबार
cow for milk

ताप्लेजुङ्ग, २५ जेठ । ताप्लेजुङ्गको पूर्वी सिदिङवा गाउँपालिकाले गाईलाई सुत्केरी भत्ता दिन थालेको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले प्रत्येक गाई सुत्केरी हुँदा गाईपाल्ने किसानलाई २० हजार रुपैयाँ दिन थालिएको हो । यो पैसा गाईको स्याहार सुसारमा खर्च गर्नु पर्छ ।cow for milk

यो यसै वर्षदेखि शुरु भइसकेको गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाले जानकारी दिए । कडरियाका अनुसार यो गाउँपालिका विगतमा अधिक पशुपालन भएको क्षेत्र हो । तर, पछिल्ला वर्ष किसानहरु यसबाट बिमुख भएपछि पुन पूरानै अवस्थामा फर्काउन यस्तो नीति ल्याइएको हो ।

भत्ता लिने किसानले दिनमा कम्तीमा ७ लिटर दूध भने दुहुनुपर्ने शर्त राखिएको छ । शर्तअनुसार सुत्केरी भएको छ महिनासम्म (लैनुमा) दुई र छ महिनापछि (बकेर्नु) तीन थुन मात्रै दुहुन पाउने छन् । पहिलो वर्ष गाई सुत्केरी भत्ताबापत तीन लाख ५० हजार छुट्याएको गाउँपालिकाले आगामी आर्थिक वर्षमा यसलाई तेब्बर बनाउने योजना बनाएको छ । पहिलो वर्ष प्रचारमा कम खर्च भए पनि यस्मा किसानको आकर्षण बढेकाले बजेट बढाउने कडरियाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७