इङलिस प्रिमियर लिगमा आर्सनल र लिभरपुल विजयी


१० बैशाख २०८१, सोमबार
english2024 04 22 07 04 35

काठमाडौं । इङलिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुल र आर्सनल विजयी भएका छन् । उपाधिको होडमा रहेका दुबै टिमले जित हात पारेपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।

लिगमा ३३ खेल सकिँदा आर्सनल र लिभरपुल दुबैले ७४ अंक बनाएका छन् भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटी ७३ अंकसहित तेस्रो स्थानमा छ । फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले घरेलु टोलीलाई ३–१ ले हरायो । खेलको ३२ औं मिनेटमा ट्रेन्ट अलेक्सान्दर आर्नोल्डले लिभरपुललाई आग्रता दिलाएका थिए । तर, इञ्ज्युरी समयमा टिमोटी कास्टाग्नेले गोल गर्दै पहिलो हाफअघि खेल बराबरीमा पुर्‍याए ।

दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लिभरपुलका लागि ५३औं मिनेटमा रायन ग्राभेनबर्च र ७२औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई उपाधिको होडमा मजबुत बनाए । अर्को खेलमा आर्सनलले उल्भ्सलाई २–० ले पराजित गर्‍यो । लियनार्दो ट्रोसार्डले ४५औं मिनेटमा र मार्टिन ओडेगार्डले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गर्दा आर्सनल विजयी भयो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७