गोरखामा पुरुषको मलद्वारमा अड्किएको बोत्तल शल्यक्रिया गरेर निकालियो


२०८१ बैशाख १० सोमबार ०७:२२ बजे

गोरखा । गोरखा नगरपालिका–३, नारेश्वरका एक ५७ वर्षीय पुरुषको मलद्वारमा अड्किएको बोत्तल शल्यक्रिया गरेर निकालिएको छ । आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरी ती पुरुषको मलद्वारबाट बोत्तल निकालिएको हो ।

उनको मलद्वारमा एक महिनादेखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको । अलि गम्भिर भएपछि अस्पताल ल्याइएको पाइएको जानकारी दिंदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सिद्धार्थ खनालले भने, ‘झण्डै ३ घण्टाको अप्रेशनपपछि बोत्तल निकाल्न सफल भयौं ।’ सर्जन डा. जीतेन्द्र सिंह र विश्वराज खड्का र एनेस्थेसिया डा. शम्भु अधिकारीको टिमले उनको सफल शल्यक्रिया गरेका हुन् । बिरामीको हाल आइसियु कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा. खनालले जानकारी दिएका छन् । लामो समय बोत्तल अड्किएकाले पेटमा संक्रमण पनि फैलिसकेको जानकारी दिंदै डा. खनालले त्यसलाई सफा गरिदिएको बताए । बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा आफूहरुले पनि जानकारी लिइरहेको अस्पतालले बताएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७