श्रीलंकाको सैनिक एकेडेमीमा कारको ठक्करबाट सातको मृत्यु, २० जना घाइते


२०८१ बैशाख १० सोमबार ०७:०२ बजे

कोलम्बो । श्रीलंकामा कार रेस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्रयाकबाट हटेर भडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।

दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । श्रीलंकामा सवारीदुर्घटना सामान्य मानिन्छ । सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७