नेपाललाई प्रचण्डको जवाफ : जोखिम र चुनौति छ, तर कम्युनिष्ट शक्तिहरु एकतामा जानै पर्छ


२०८१ बैशाख १० सोमबार ०७:५० बजे

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको समस्या समाधान गर्न समाजवाद अबको क्रान्तिको बाटो भएको बताएका छन् । आज (सोमबार) नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभालाई सम्बोधन गर्दै प्रचण्डले अब सैद्धान्तिक र वैचारिक रुपमा समाजवादतर्फ जानैपर्ने आवश्यकता रहेको बताएका हुन् ।

उनले २०७४ मा एकता भएको नेकपा जोगाउन नसकेकोप्रति आत्मग्लानी प्रकट गरेका छन् । उनले २०७४ को निर्वाचनमा जनताले समेत अनुमोदन गरेकाले वाम एकता आवश्यकता रहेकाले अझै लागिपर्ने धारणा राखे । प्रचण्डले एक पटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने टिप्पणी गरे ।

‘अघिल्लो एकता बचाउन सकिएन, तर एक पटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। ’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रिय स्वाधीनता, लोकतन्त्रको सुढृढीकरणका लागि, जनताको समस्या समाधानका लागि समाजवादको विकल्प छैन । समाजवादको विकल्प छैन । जजसले समाजवाद नै अबको क्रान्ति मान्छौं, अब सैद्धान्तिक र वैचारिक रुपले ती सबै कुनै न कुनै रुपमा सहकार्यमा, एकतामा जान पहल गर्नैपर्छ ।’

माधव नेपालले प्रचण्ड अब कसरी अगाडि बढ्नु हुन्छ भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले थपे, ‘अहिले जोखिम र चुनौति छ तर चुनौतिको सामना गर्दै जोखिम उठाउँदै अगाडि बढ्ने कम्युनिष्ट आन्दोलनको वर्ग संघर्षको नियम नै हो । राष्ट्रिय एकताका निम्ति र राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट आन्दोलनका निम्ति जोखिम उठाउनु राम्रो कुरा हो । चुनौतिहरु हुन्छन्, त्यसको सामना गर्नुपर्छ,कम्युनिष्ट पार्टी चुनौति सामना गर्नुपर्छौं । हामी यहि बाटोमा छौं ।’

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७