राजपा केन्द्रिय सचिवको करेन्ट लागेर मृत्यु


२५ जेष्ठ २०७५, शुक्रबार
Death Body

सुनसरी, २५ जेठ । राजपाका केन्द्रीय सचिव तेन्जिङ लामा (छत्रपति) को सुनसरीमा मृत्यु भएको छ । उनको बिहीबार राति इटहरी उपमहानगरपालिका–२० तरहराको बुद्धचोकस्थित आफ्नै घरमा मृत्यु भएको हो ।Death Body

प्रहरी चौकी तरहराले दिएको जानकारी अनुसार नयाँघर निर्माण गरिरहेका लामा घर बनाउने विद्युत् कर्मचारीले छाडेको वेल्डिङ्ग मेशिनबाट प्रवाह भएको विद्युतबाट मृत्यु भएको हो । उनको पारिवारिक स्रोतका अनुसार लामाको पार्थिव शरीरलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । पार्टीका शीर्ष नेताहरु आएपछि जातीय परम्पराअनुसार दाहसंस्कार हुने बताइएको छ ।
यसैबीच, राजपाले आफ्नो सचिवको मृत्युप्रति दुःख व्यक्त गरेको छ ।

शुक्रबार संयोजक महन्थ ठाकुरले विज्ञप्ति निकालेर सचिव लामाको परिवारमा पुगेको अपुरणीय क्षतिप्रति दुस्ख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा धैर्यधारण गर्न र मृत आत्माको चीर शान्तिका लागि ईश्वरसँग प्रार्थना गरेका छन् । सचिव लामाको निधनले शोषण, उत्पीडनमा परेका जनताको अधिकार प्राप्तिको संघर्ष र युवाहरुको अधिकारका लागि लडिरहने चेतनशील योद्धा गुमाएको संयोजक ठाकुरले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७