यस्ता छन् मन्त्रिपरिषद बैठकका चार निर्णय


२०८१ बैशाख १० सोमबार ०७:३० बजे

काठमाडौँ । सरकारले नजिकिंदै गरेको लगानी सम्मेलनका लागि अध्यादेश ल्याउने भएको छ । यसका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

लगानी सम्मेलन यही वैशाख १६ र १७ गते काठमाडौंमा हुँदैछ । लगानीको वातावरण बनाई विदेशी लगानीकर्तालाई आकर्षित गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । वैशाख २ गते रातिबाट हिउँदे अधिवेशन अन्त्य भएको थियो । वर्षे अधिवेशनअघि नै सरकारले अध्यादेशमार्फत लगानीसम्बन्धी केही कानुन संशोधन गर्नलागेको हो ।

यी हुने मन्त्रिपरिषद वैठकका चार निर्णय

१) लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपति ज्यू समक्ष पेश गर्ने ।

२) विपदबाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रबलीकरण, पुनर्स्थापना तथा पुनर्निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने ।
३) कतारका अमिरले भोलि वैशाख ११ गतेदेखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा वैशाख ११ गते सार्वजनिक विदा दिने ।
४) अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७