काठमाडौंमा दिउँसै लुटियो १८ लाख


२५ जेष्ठ २०७५, शुक्रबार
lutiyo

काठमाडौं, २५ जेठ । काठमाडौँ उपत्यकामा दिनदहाडै १८ लाख रुपैँया लुटिएको छ । काठमाडौँको साँखु आसपास क्षेत्रबाट शुक्रबार दिउँसो १८ लाख रुपैँया लुटिएको प्रहरीले जनाएको छ । शंखरापुल नगरपालिकाको साँखु क्षेत्रमा वीरेन तामाङबाट १८ लाख लुटपाट भएको प्रहरीले जनाएको छ ।lutiyo

ताप्लेजुङ फुङलिङ नगरपालिका–१ घर भई काठमाडौंको स्वयम्भु बस्दै आएका तामाङलाई अज्ञात समूहले काम छ भन्दै बोलाएर लुटपाट मच्चाएको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउन साथ चाँगुनारायण प्रहरी प्रभागबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७