इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट निकालियो जीवित बच्चा


१० बैशाख २०८१, सोमबार
baby

काठमाडौँ । गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट जिउँदै बच्चा निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् ।

चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूतिमार्फत शिशुको उद्धार गरेका थिए । जन्मँदा बच्चाको तौल १.४ किलोग्राम (३.०९ पाउण्ड) थियो । उनको अवस्था स्थिर रहेको छ । बिस्तारै उनको स्वास्थ्यमा सुधार भइरहेको छ । महिलाको पहिचान सबरीन अल–सकानीको रूपमा गरिएको छ । दुई घरमा इजरायली हवाई आक्रमणमा बालिकाकी आमा, बुबा र बहिनीसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जसमा एकै परिवारका १३ बालबालिका रहेका छन् ।

नवजात बालिकाका काका रामी अल शेखले आफ्नी जेठी बहिनी मलाक आफ्नो जन्ममा निकै खुशी भएको बताए । उनी आफ्नी कान्छी बहिनीको नाम रुह राख्न चाहन्थिन्, जसको अर्थ अरबीमा आत्मा हो । तर, कान्छी बहिनी संसारमा आउनुअघि नै मलाकको हवाई आक्रमणमा मृत्यु भयो ।

रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताए । उनलाई तीनदेखि चार सातासम्म अस्पतालमा राखिनेछ । बालिका बाँचे तर अनाथ भएर जन्मिनु सबैभन्दा ठूलो दुःखद कुरा डाक्टरले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७