रेशम चौधरीको माफी मिनाहाले कसुर अन्त्य हुँदैन : रञ्जिता श्रेष्ठ


२०८१ बैशाख १० सोमबार ०७:५३ बजे

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन खारेजीको माग गरेकी छन् ।

सर्वोच्चलाई ११ बुँदे लिखित जवाफ पेस गरेकी रञ्जिताले रेशम चौधरीलाई फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्य समेत हुन नपाउनेलगायत जवाफ पेस गरेकी छन् ।

उनले टीकापुरमा भएको पार्टीको महाधिवेशनलाई कथित महाधिवेशन भनेकी छन् । ‘नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष पदमा आफ्नो बहालीको माग नभई कथित महाधिवेशनबाट विधान विपरीत निर्वाचित सबै पदाधिकारीको तर्फबाट समेत निज स्वयं रिट दिएको देखिन्छ’, उनले भनेकी छन् ।

रेशम चौधरीलाई पार्टीको तर्फबाट रिट निवेदन दिने अधिकार समेत नरहेको उनले दावी गरेकी छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीको विधानले नैतिक पतन देखिने अभियोगमा अन्तिम अदालतबाट दोषी ठहर भएका व्यक्ति सदस्य हुन नपाउने प्रावधान रहेको समेत उनले उल्लेख गरेकी छन् । उनले थुनामुक्त भएको ७ महिनाभित्र महाधिवेशनबाट अध्यक्ष चुनिने कुरा पनि विधान विपरीत रहेको उल्लेख गरेकी छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७