सिन्धुलीका प्रहरी प्रमुख शर्मा लाई तानियो ‘हेड क्वार्टर’, के हो कारण ?


१० बैशाख २०८१, सोमबार
Binod Sharma 1

काठमाडौं । सिन्धुलीका प्रहरी प्रमुख एसपी विनोद शर्मा काठमाडौंको नक्सालस्थित प्रहरी मुख्यालय (हेड क्वार्टर) तानिएका छन् । शर्मालाई गत फागुनमा मात्रै सिन्धुलीको इञ्चार्ज बनाएर पठाइएको थियो । उनलाई तान्नुको कारणबारे प्रहरी मुख्यालयले खुलाएको छैन ।

शर्मा बिदा लिएर कार्यालयबाट हिँडेका छन् । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँबर सोमवार विहान मात्रै इन्टरपोलको बैठकमा सहभागी हुन फ्रान्स जानुअघि एसपी शर्मालाई फिर्ता बोलाउन निमित्त प्रहरी प्रमुख टेक प्रसाद राईलाई निर्देशन दिएका थिए । शर्माले सिन्धुलीमा कमाण्ड गर्न र त्यहाँका राजनीतिक दललाई ‘ब्यालेन्स’ मा राख्न नसकेको आरोप रहेको स्रोतले जनाएको छ । यसअघि पनि २३ चैतमा अवधि नपुग्दै एसपीहरुको जिम्मेवारी खोसिएको थियो । जिम्मेवारी सम्हालेको डेढ महिनामै महोत्तरीका एसपी श्याम राई र सर्लाहीका एसपी दयानिधि ज्ञवाली तानिएका थिए ।

जिम्मेवारी सम्हालेको ६ महिना नपुग्दै बाँकेका एसपी सुवासचन्द्र बोहराको पनि जिम्मेवारी खोसिएको थियो । १५ भदौमा बाराको कमाण्ड सम्हालेका सुरेश काफ्ले पनि ७ महिनामै तानिएका थिए । पाँचै महिनामा जिल्ला प्रहरी कार्याल धनुषाका एसपी मित्रबन्धु शर्माको पनि सरुवा गरिएको थियो । १६ भदौमै जिल्ला प्रहरी कार्यालय रौतहटको कमाण्ड सम्हालेका महेन्द्रकुमार श्रेष्ठ पनि ७ महिना नपुग्दै तानिएका थिए । रवि लामिछाने गृहमन्त्री बनेपछि अवधि नपुग्दै एसपीहरुको जिम्मेवारी खोसिएको छ । जिम्मेवारी खोसिएकाहरुलाई आर्थिक आरोपदेखि कमाण्ड कन्ट्रोल गर्न नसकेको सम्म आरोप लगाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७