केजरीवाललाई डाक्टरसँग परामर्श गर्न दिन अदालतको अस्वीकार


१० बैशाख २०८१, सोमबार
Kejariwal 1

काठमाडौँ । हाल हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो ।

अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ । साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

केजरीवालले अदालतसँग आफूलाई मधुमेह रोग रहेको भन्दै डाक्टरसँग हरेक दिन १५ मिनेट परामर्श गर्न अनुमति मागेका थिए । उनलाई जेलमा इन्सुलिन दिइएको छैन । यसअघि पर्वर्तन निदेशानालय (ईडी) ले अदालतमा केजरीवलले जानाजानी जेलमा आँप र मिठाई खाइरहेका दाबी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७