अर्जेन्टिनाले इजरायलसँगको विश्वकप ‘वार्म अप’ खेल रद्द गर्यो


२५ जेष्ठ २०७५, शुक्रबार
lionel messi cropped wvosiiy44 1

काठमाडौं, २५ जेठ (एजेन्सी) । अर्जेन्टिनाले इजरायलसँगको विश्वकप अघिको मैत्री खेल रद्द गरेको छ । जेरुसलेममा शनिबार हुने भनिएको वार्म अप खेलले अर्जेन्टिनाले इजरायलले गाजामा प्यालेस्टाइनीहरुलाई गरेको दमनको विषयमा लिएर खेल रद्द गरेको हो । lionel messi cropped wvosiiy44 1

प्यालेस्टाइनीहरुले इजरायली कब्जाको नीतिलाई वैधता दिने भन्दैे चर्को विरोध गरेका थिए । खेल रद्दपछि बहुसंख्यकले अर्जे्न्टिनी कदमको स्वागत गरेका छन् ।

अर्जे्न्टिनी विश्वकप टोलीका एक स्ट्राइकर गोञ्जालो हिगुइनले खेल रद्द हुनु सही र स्वागतयोग्य कुरा भएको बताएका छन ।

खेल रद्द भएपछि वेस्ट ब्यांकस्थित रमल्लाहको प्यालेस्टाइनी फुटबल एसोसियसनले अर्जे्न्टिनी कप्तान लियोनल मेसी र टोलीलाई धन्यवाद दिँदै एक वक्तव्य जारी गरेको छ । एसोसियसनका अध्यक्ष जिब्रिल राजुबले भनेका छन,‘मूल्य, नैतिकता र खेलले आज विजय प्राप्त गरेको छ र यो खेल रद्द गरेर इजरायललाई रातो कार्ड देखाइएको छ ।’

हालै गाजामा भएको प्रदर्शनमा इजरायली सेनाले १२० प्यालेस्टाइनीको हत्या गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७