सुनिल नारायण भन्छन्–विश्वकपको ढोका मेरो लागि बन्द नै छ


११ बैशाख २०८१, मंगलवार
suni narayan2024 04 23 09 04 45

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा उत्कृष्ट प्रदर्शन गरिरहेका वेस्ट इण्डिजका पूर्व खेलाडी सुनिल नारायणले आगामी टी–२० विश्वकपमा नखेल्ने स्पष्ट गरेका छन् । आईपीएलमा कोलकोताबाट खेलिरहेका सुनिलले विश्वकपको ढोका आफ्नो लागि बन्द रहेको स्पष्ट गरेका हुन् ।

उनको प्रदर्शनलाई ध्यानमा राख्दै आगामी टी–२० विश्वकपमा वेस्ट इण्डिजबाट खेल्न सक्ने अनुमान भइरहेका बेला उनले आफू विश्वकप नखेल्ने स्पष्ट गरेका हुन् । ३५ बर्षीय सुनिलले जारी आईपीएलमा एक शतक र एक अर्धशतक बनाएका छन् भने अहिलेसम्म ९ विकेट समेत लिएका छन् । उनले नोभेम्बर २०२३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । उनी २०१९ देखि वेस्ट इण्डिजका लागि खेलेका थिएनन् ।

उनले आफ्नो अहिलेको प्रदर्शनले सन्यास तोडेर वेस्ट इण्डिजका लागि विश्वकप खेल्नुपर्ने तर्क गरिरहेको सुनेको बताउँदै विश्वकप नखेल्ने बताएका हुन् । उनले वेस्ट इण्डिजबाट विश्वकपमा प्रतिनिधित्व गर्ने युवा खेलाडीहरुलाई आफ्नो सधै समर्थन रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७