आजको विदाबारे गृहमन्त्रीको प्रष्टीकरण : हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन


२०८१ बैशाख ११ मंगलबार ०७:०० बजे

काठमाडौँ । कतारका राजा तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा सार्वजनिक बिदा दिएको विषयमा गृहमन्त्री रवि लामिछानेले प्रष्टीकरण दिएका छन् ।

उनले बिदा दिने काम गलत भएको बताएका छन् । यतिबेला लामिछानेले केही वर्षअघि लेखेको स्टाटस भाइरल भइरहेको छ । उनले त्यसबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङ आउँदा बिदा दिएको विषयमा आलोचना गरेका थिए । उनले कुनै व्यक्ति, देश वा घटना हेरेर फरक–फरक निर्णय गर्नु कूटनीतिक, राजनीतिक र वैधानिक हिसाबले सही नहुने भनाइ छ ।

‘रिजल्ट आउँदैछ । जे कुरा हिजो गलत भनिएको थियो, त्यो आज पनि गलत नै हो,’ उनले लेखेका छन्, ‘हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकदेखिका अभ्यासहरु सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन् । थोरै धैर्य गरिदिनु भए पुग्छ ।’ लामिछानेले विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, नेपालका लाखौ युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कूटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका राजालाई नेपालमा ससम्मान स्वागत गर्ने बताएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७