ओलीले गरे चलचित्र ‘नमेटिने घाउ’ मा अभिनय, पहिलो सट दुई टेकमा ओके


११ बैशाख २०८१, मंगलवार
kp oli film

काठमाडौं । सत्तारुढ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिका निर्वाह गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष ओलीले चलचित्रको सुटिङमा प्रधानमन्त्रीको भूमिकाको सट दिएका हुन् । फिल्ममा अध्यक्ष ओलीको भूमिका प्रधानमन्त्रीको छ । चलचित्र ‘नमेटिने घाउ’ एसिड सर्भाइभर मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । फिल्म अभिनेता रमित ढुङ्गाना छन् । पहिलो सटमा ओलीले आफ्नो कार्यकक्षबाट हिँडेर मिटिङ हलमा प्रवेश गरेको दृष्य खिचियो । यो दृष्य दुई टेकमा ओके भएको थियो । मिटिङ हलमा प्रधानमन्त्रीलाई भेट्न एसिडपीडितहरू पर्खिरहेका थिए । उनीहरूसँग ओलीले गरेको संवादको सुटिङ गरिएको छ ।

यो चलचित्रमा ओलीसँगै नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि अभिनय गरेका छन् । नेपालको सुटिङ केही दिनअघि भएको थियो । छायांकनका क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै फिल्म निर्देशक रमित ढुंगानाले चलचित्रमा ६५ जना कलाकार रहेको बताए । उनले मंगलबार अध्यक्ष ओलीले अभिनय गरेसँगै ५१औं दिनमा चलचित्रको छायांकन समेत सकिएको बताए । सामाजिक कथावस्तुमा आधारित फिल्मको पोखरा, नवलपरासी, वीरगञ्ज, रौतहट, बनेपा, पनौती र भक्तपुरमा छायांकन भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७