कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने, यस्तो छ अंकगणित


११ बैशाख २०८१, मंगलवार
Yamlal kandel

सुर्खेत । कर्णाली प्रदेशका नव नियुक्त मुख्यमन्त्री यामलाल कँडेलले आउँदो बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने प्रयोजनका लागि आज संसद् सचिवालयमा पत्र दर्ता गराएको प्रदेश सभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

गत चैत २७ गते मुख्यमन्त्री नियुक्त भएका कँडेलले झण्डै तीन हप्तापछि संसद्बाट विश्वासको मत लिन लागेका हुन् । कर्णालीको ४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनसँग स्पष्ट बहुमत छ । गठबन्धनसँग माओवादीका १३, सभामुख बाहेक एमालेका नौ र एकीकृत समाजवादीका एक गरी २३ जना सांसदको समर्थन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७