फेवातालमा फेरि पल्टियो डुंगा, काठमाडौंबाट घुम्न गएका पाँच जनाको सकुशल उद्धार


११ बैशाख २०८१, मंगलवार
fewatal

पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ फेवातालमा आज (मंगलबार) दिउँसो डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

अचानक आएको हावाहुरीका कारण डबल प्याडल बोटमा बोटिङ गरिरहेका काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ३० वर्षीय विक्रम मिकरानी, २६ वर्षीया आशिफा भानु, ५४ वर्षीया अनैजादिल शाह, ८ वर्षीया रजिना खातुन र करिब डेढ वर्षीया मिरा रानी फेवाताल नजिकै रहेको माछा पालन केन्द्रको जालमा अड्किएका थिए ।

दुर्घटना लगत्तै नम्बर २४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु वाच टावरमा खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको तत्कालै सकुशल उद्धार गरेको हो । दुर्घटनामा परेकाहरूको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । यसअघि गत चैत २५ र २९ गते पनि फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिएको थियो । सो दुर्घटनामा परेका एक पुरुष र महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७