राष्ट्रपति पौडेलद्वारा कतारका राजाको सम्मानमा सोल्टीमा झाँकीसहितको रात्रिभोज


२०८१ बैशाख ११ मंगलबार ०७:३३ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई दिने नेपाल भ्रमणमा आएका कतारका राजा शेख तमिम बिन हमाद अल थानीको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन् । होटेल साल्टीमा आयोजना गरिएको रात्रिभोजमा नेपाली परम्परागत झाँकी समेत प्रस्तुत गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा मङ्गलबार साँझ आयोजना गरेकाे रात्रिभोजमा सहभागी हुँदै । तस्बिर सौजन्य : राष्ट्रपति कार्यालय / रासस

रात्रिभोजमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, पूर्व प्रधानमन्त्रीहरू, निजी क्षेत्रका प्रतिनिधिलगायको उपस्थिति छ । राष्ट्रपति पौडेलको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका हमाद अल थानी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

राष्ट्रपति पौडेल, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यले विमानस्थलमा उनको स्वागत गरेका थिए । विमानस्थलमै कतारका राजालाई नेपाली सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसपछि विमानस्थलबाट उनी राष्ट्रपति भवन शीतल निवास पुगेका थिए । शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजा थानीबीच भेटवार्ता भएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७