प्रधानमन्त्री प्रचण्ड र कतारका राजाबीच प्रतिनिधि मण्डलसहित दुई पक्षीय वार्ता {तस्वीरहरू}


१२ बैशाख २०८१, बुधबार
1 2
तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा रहेका थानीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो ।

2 1

प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । आज नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । यस्तै राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।

3 1

दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार अपराह्न यहाँ आइपुगेका हुन् । आजै द्वारिका सोल्टीमा प्रधानमन्त्री प्रचण्डले दिवा भोजको आयोजना गरेका छन् । उक्त भोजमा अमिर थानी नेतृत्वको टोली सहभागी हुनेछन् । त्यसपछि स्वदेश फर्किने कार्यक्रम छ ।

4 1
5 1
6 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७