डा. देवकोटाको स्वास्थ्यमा सुधार, उपाधि ग्रहण गर्दे भने, ‘आइएम ह्याप्पी’


२६ जेष्ठ २०७५, शनिबार
Upendra Devkota

काठमाडौँ, २६ जेठ । नेप्लिज न्युरो सर्जन सोसाइटीले वरिष्ठ न्युरो सर्जन प्राडा. उपेन्द्र देवकोटालाई मानार्थ अध्यक्ष उपाधिबाट सम्मान गरेको छ । नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एप्लाइड साइन्सेस बाँसबारीमा सघन कक्ष (आइसियू)मा उपचारत डा. देवकोटालाई शनिबार अस्पताल पुगेर सोसाइटीले मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान गरेको हो ।Upendra Devkota

सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा. देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको बताए । ‘हामी निकै अघिदेखि उहाँलाई भेटेर उपाधि दिन प्रयासरत थियौँ, तर उहाँको स्वास्थ्यमा उतारचढाव भइरहेको थियो, उपयुक्त समयको पर्खाइमा थियौँ, आज स्वास्थ्यमा सुधार भएपछि अस्पतालमै गएर उहाँलाई मानार्थ अध्यक्षको प्रमाणपत्र प्रदान र्गयौँ, उहाँ अहिले सामान्य अक्सिजनमा हुनुहुन्छ ।’

उपाधि ग्रहण गर्दै डा. देवकोटाले ‘बेस्ट अप लक नेप्लिज न्युरो सर्जन सोसाइटी आइएम ह्याप्पी’ भनेर मुस्कुराउँदै प्रतिक्रिया दिएको अध्यक्ष शर्माले बताए। ‘हामीले सामान्य दोहोरो कुराकानी र्गयौँ, उपचार भइरहेको समयमा फैलिएको दुःखद् समाचारमा परिवारमा आहत र्पुयाएको छ, यति निर्दयी भएर समाचारमा दिन हतार नगर्दा हुन्थ्यो, परिवारको भावनाको कदर गर्नुहुन अनुरोध छ,’ शर्माले भने ।

सोसाइटीका उपाध्यक्ष डा कृष्ण शर्मा, सचिव डा प्रवीण श्रेष्ठ, डा गोपाल सेढाईंलगायतका न्युरो सर्जनसहितको टोली उपाधि हस्तान्तरण गर्न अस्पताल पुगेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७