शिव परियार र मनिला सोताङलाई छिन्नलता पुरस्कार


१३ बैशाख २०८१, बिहीबार
Shiva and Manila

काठमाडौँ । छिन्नलता गीत पुरस्कार गुठीले विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, सङ्गीतमा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गर्ने भएको छ ।

छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभवलाई प्रदान गर्ने निर्णय गरेको हो । गुठीका अनुसार लोकप्रिय युवा प्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिरः झट्ट हेर्दा हजुर जिन्दगी दामी छ…) सिर्जनालाई प्रदान गर्ने निर्णय भएको छ ।

यस्तै २०७९ को छिन्नलता गीत पुरस्कारको गीत रचनातर्फ भूषण खरेल, सङ्गीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीका सचिव दिनेश अधिकारीले जानकारी दिएका छन् । सोही वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेलको (परेलीमा बसुँ कि कलेजीमा बसुँ गीत) सिर्जनालाई प्रदान गर्ने निर्णय भएको छ ।

विसं २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कार रु ५० हजारसँगै सम्मानपत्र छ । ती पुरस्कार गुठीका संस्थापक तथा गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते प्रदान गरिनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७