‘फर्की फर्की’ को शीर्ष गीतमा अनमोल र जसिताको रोमान्स (भिडियो)


१५ बैशाख २०८१, शनिबार
anamol jasita

काठमाडौँ । सुपरस्टार अनमोल केसीको फिल्म ‘फर्की फर्की’ को शीर्ष गीत सार्बजनिक भएको छ । निर्माण पक्षले शनिबार ‘फर्की फर्की’ को शीर्ष गीत सार्बजनिक गरेका हुन् । गीतमा अनमोल केसी र जसिता गुरुङको रोमान्स देख्न सकिन्छ । यस फिल्मको ट्रेलर यसअघि नै सार्बजनिक गरिएको छ र ट्रेलरले राम्रो रेस्पोन्स समेत पाएको छ ।

फिल्मलाई सुयोग गुरुङले लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा अनमोल र जसितासँगै सलोन बस्नेत, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याललगायतको पनि अभिनय रहेको छ । ओम प्रकाश अग्रवाल र रोहित अधिकारीको निर्माण रहेको फिल्मका सह–निर्माता मनोज ओली र रामु न्यौपाने तथा मोती कार्की र अनिरुद्र गिरी कार्यकारी निर्माता रहेका छन् । जेठ १० गते रिलिज हुने यो फिल्मसँगै बहुप्रतिक्षित मल्टिस्टार फिल्म ‘पूजार सार्की’ र पुजा शर्माको प्रमुख भूमिका रहेको ‘दान्भी’ भिड्दै छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७