बराबरीमा रोकियो लिभरपुल, उपाधि दौडमा धक्का


१६ बैशाख २०८१, आईतवार
liverpol 2

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत लिभरपुल बराबरीमा रोकिएको छ । शनिबार सम्पन्न खेलमा लिभरपुल वेस्टह्याम युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

यस खेलमा लिभरपुलका लागि जारोड बोवेन र मिचैल एन्टोनीले एक– एक गोल गरेका थिए । त्यसैगरी वेस्टह्यामका लागि एक गोल आन्ड्रेउ रोबेर्टसनले गरेका थिए भने एक गोल अल्फोन्से एरेओलाले एक गोल आत्मघाती गोल गरेका थिए । यो बराबरीले लिभरपुललाई लिगको उपाधि दौड मुस्किल बनाएको छ ।

यो खेलपछि लिभरपुलको ३५ खेलमा ७५ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । प्रिमियर लिगमा ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने ३३ खेल खेलेको म्यानचेस्टर सिटी ७६ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी यो बराबरीपछि वेस्टह्यामको ३५ खेलमा ४९ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७