गुल्मीमा मलामी बोकेको जीप दुर्घटना, एकको मृत्यु, १२ घाइते


१६ बैशाख २०८१, आईतवार
accident 2

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका–४ मा गए राति मलामी बोकेको जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् ।

दुर्घटनामा ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किने क्रममा लु १ च ४३२० नम्बर को पिकअप जीप मौरीओडार स्थित शाहघाट लिम्घाको भित्री सडकमा दुर्घटनामा परेको हो ।

जीप ब्रेक फेल भई सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी उपरीक्षक पोखरेलले बताए । घाइतेमध्ये चार जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ । अन्य घाइते ८ जनाको स्थानीय जोहाङ प्राथमिक स्वास्थ्य केन्द्र गुल्मीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७