बझाङ उपनिर्वाचन : साइपालका मतपेटिका हेलिकोप्टरबाट ल्याइयो, सर्वदलीय बैठक बस्दै


१६ बैशाख २०८१, आईतवार
mat pet

बझाङ । बझाङको मतपेटिका संकलन कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार शनिबार सम्पन्न बझाङ १(क) को प्रदेश सभाको निर्वाचनका मतपेटिका हेलिकप्टरबाट संकलन गर्नुपर्ने भएकाले समय लागेको छ । आयोगका अनुसार बझाङको दुर्गमस्थलका मतपेटिका सेनाको हेलिकप्टरले १० बजेसम्म संकलन गरिसक्ने बताएको छ ।

सडक सञ्जालसँग नजोडिएका साइपाल गाउँपालिका वडा नं ३ को काडा माबि मतदान केन्द्र, वडा नं ४ को धुली मतदान केन्द्र र वडा नं ५ को एराङकरी मतदान केन्द्रका मतपेटिका आज विहान हेलिकोप्टरबाट चैनपुर ल्याइएको बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए । शनिवार खराब मौसमका कारण ल्याउन नसकिएका मतपेटिका आइतवार बिहान ल्याइएको हो ।

बझाङको मतगणना बझाङ जिल्ला अदालत चैनपुरमा गर्ने तयारी गरिएको छ । मतपेटिका संकलन गरेपछि मात्र गणना शुरु हुने आयोगले जनाएको छ । ६१ हजार ७ सय ४८ मतदाता रहेको बझाङ १(क) मा करिब ५० प्रतिशत मत खसेको आयोगले जनाएको छ । यसअघि २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा बझाङको यस क्षेत्रमा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७