आइपिएलमा आज दुई खेल हुँदै


१६ बैशाख २०८१, आईतवार
ip 1

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज (आइतबार) दुई खेल हुँदैछन् । आज पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुँदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३ः३४ बजेदेखि हुँदैछ ।

जारी आइपिएलमा गुजरातले अहिलेसम्म खेलेका ९ खेलमा ४ जित हासिल गरेकोछ भने ५ खेलमा हार बेहोरेको छ । ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा सातौं स्थानमा रहेको छ । त्यसैगरी बैंगलुरुले ९ खेलमा २ जित हासिल गरेको छ भने ७ खेलमा हार व्यहोरेको छ । केवल ४ अंक हासिल गरेको बैंगलुरु अंक तालिकामा पुछारमा रहेको छ ।

त्यसैगरी आज दोस्रो खेल चेन्नई सुपर किंग्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः४५ बजेदेखि शुरु हुनेछ । जारी आइपिएलमा चेन्नईले ८ खेलमा ४ जित र ४ हार व्यहोरेको छ । ८ अंक रहेको चेन्नई अंकतालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्सले ८ खेलमा ५ जित र ३ हार बेहोरेको छ र १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७