डडेल्धुरामा खरबारीमा लगाएको आगोमा परेर एक जनाको मृत्यु


१६ बैशाख २०८१, आईतवार
fire

डडेल्धुरा । डडेल्धुरामा आगोमा परेर एक जनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

खरबारीमा लगाएको आगोमा लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको हो । आफ्नै खेतबारीको घेरबार हाल्नको लागि झिग्रा काट्ने क्रममा उनी शुक्रबार खरबारीको आगोमा परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७