अन्य पालिकाका असहाय बिरामीलाई काठमाडौं महानगरले निःशुल्क उपचार गर्ने


१६ बैशाख २०८१, आईतवार
Balendra Shah

काठमाडौं । काठमाडौँ महानगरपलिकाका प्रमुख बालेन शाहले नेपालका जुनसुकै पालिकाका गरिव तथा असहायको काठमाडौं महानगरले उपचार गर्ने बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘नेपालको जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब नागरिक बिरामीहरुले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौं महानगर आउनुहोला, हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन्, त्यहाँ बिरामीको आवश्यकता अनुसार निःशुल्क उपचार हुनेछ ।’

उनले त्यसबारे टोल छिमेक वा आफन्तहरुलाई समेत जानकारी दिन आग्रह गरेका छन् । प्रमुख बालेनले त्यसबारे बिस्तृत जानकारीका लागि महानगरपालिकाको स्वास्थ्य बिभागको सम्पर्क नं. ११८० मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् ।

sewa health png 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७