बझाङको मत गणना थालिंदै, सर्वदलीय बैठक जारी


१६ बैशाख २०८१, आईतवार
b 1

बझाङ । बझाङ प्रदेशसभा १ (१) को शनिबार भएको उपचुनावको मतगणनाको तयारी थालिएको छ । मतदानस्थलबाट सबै मतपेटिका संकलन भइसकेको छ । मतगणनाका लागि अहिले सर्वदलीय बैठक बसिरहेको छ । बझाङमा करिब ५० प्रतिशत अर्थात करिब ३० हजार मत खसेको छ ।

दुर्गम स्थानको मतपेटिका मेलिकोप्टरमार्फत सदरमुकाम चैनपुर ल्याइएको छ । सर्वदलीय बैठकले मतगणना आचारसंहिता बनाएपछि मतगणना सुरु हुनेछ । कांग्रेसका पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा निधन भएपछि त्यहाँ उपचुनाव भएको हो । चुनावमा एमालेका दमन भण्डारी र कांग्रेसका अभिषेक सिंहबीच प्रतिष्प्रधा हुने अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७