पति–पत्नी एउटै एटिएम चलाउनु हुन्छ ? यसरी गुम्ला तपाईको रकम


२७ जेष्ठ २०७५, आईतवार
moneypassatm 1

काठमाडौं, २७ जेठ । तपाईले पैसा झिक्न एटिएम कार्ड प्रयोग गर्नु भयो, पैसा निस्किएन तर खाताबाट कटियो । यस्ता घटना त नेपालमा भई नै रहन्छन् । तर, पति–पत्नी वा परिवारभित्रैको ब्यक्तिको एटिएम प्रयोग गर्दा पनि यस्तै भयो भने नि ? पैसा डुब्ने सम्भावना उच्च हुनेछ । नेपालसँगै मिल्दोजुल्दो एउटा घटना अहिले भारतभरी चर्चामा छ । बेङ्गुलुरुकी बन्दनाले २०१३ नोभेम्बर १४ का दिन पति राजेश कुमारलाई आफ्नो एटिएम दिएर पैसा झिक्न पठाइन् ।moneypassatm 1

राजेशले एटिएमबाट २५ हजार भारु (नेपाली ४० हजार रुपैयाँ) झिक्न खोजे, पैसा आएन तर खाताबाट घट्यो । बैंकमा गुनासो पुग्यो । बैंकले एउटाको एटिएम अर्कोले प्रयोग गरेको भन्दै पैसा फिर्ता गर्नै मानेन । बैंकले आफ्नो नियम बताउँदै भन्यो, ‘एटिएम कार्ड हस्तान्तरण गर्न मिल्दैन । कार्ड जसको नाममा छ उसले बाहेक अरुले प्रयोग गर्न मिल्दैन ।’ बन्दनाले उपभोक्ता फोरममा मुद्दा पुर्‍याइन् । स्टेट बैंक अफ इण्डिया (एसबिआइ) ले त्यति गर्दा पनि पैसा दिएन ।

जब एटिएमबाट पैसा निस्किएन राजेशले बैंकमा फोन गरे । बैंकका कर्मचारीले २४ घण्टाभित्र खातामै रकम जम्मा हुने जानकारी दिएका थिए । जब पैसा आएन अनि उनले उपभोक्ता फोरममा मुद्दा पुर्‍याएका थिए । त्यसपछि बैंकको दावी फेरियो । उसले पैसा झिकिएको दावी गर्‍यो । धेरै दुःख गरेपछि एउटा सिसिटिभी फुटेज हात पर्‍यो । त्यहाँ राजेशले एटिएम कार्ड प्रयोग गरेको तर पैसा नझिएको फुटेजमा देखियो । यसपछि जाँच शुरु भयो ।

जाँच समितिले पैसा झिक्दा कार्डधारक ब्यक्ति फुटेजमा नदेखिएको भन्दै गुनासोलाई खारेज गरिदियो । कुरा अदालतमा पुग्यो । अदालतले २०१८ मे २९ का दिन फैसला दियो, बन्दनाले आफ्नो कार्ड अरुलाई प्रयोग गर्न दिनु हुँदैन थियो । यदि पैसै चाहिएको भए चेक काट्नु पथ्र्यो । वा पतिलाई पैसा झिक्न दिएको छु भनेर आधिकारिक पत्र लेख्नु पथ्र्यो । बन्दनाले केही पनि नगरेकाले अदालतले मुद्दा खारेज गरिदियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७