इलाम–२ अपडेट : एमालेका सुहाङ ५,३०२ मतले अगाडि, अरु कसको कति ?


१७ बैशाख २०८१, सोमबार
suhang first 3

इलाम । इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ फेरि मतान्तर बढाएका छन् । नेम्वाङ कांग्रेस उम्मेदवार डम्बर खड्का भन्दा ५,३०२ मतले अघि बढेका छन् । यसअघि उनीहरूबीच करिब पाँच हजारको मतान्तर रहेको थियो ।

पछिल्लो मत परिणामअनुसार सुहाङले १४ हजार ६१३ मत ल्याएका छन् भने डम्बरले ९ हजार ३११ मत ल्याएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह लिम्बूले ८, ५७० मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले २,० ५७ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७